बालबालिकामा देखिने निमोनिया के हो ? कसरी बच्ने -
(Pneumonia and its prevention)
-डा. कृष्णप्रसाद पौडेल, प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ
निमोनिया भन्नाले lung parenchyma वा फोक्सो को तन्तुमा हुने सुजन वा संक्रमण (infection and inflammation) भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा ल्यारिंक्स(larynx) भन्दा माथिको भागलाई माथिल्लो स्वास नली(upper respiratory tract) र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली( lower respiratory tract) भनिन्छ l
माथिल्लो स्वास नलीको संक्रमणहरु ( Upper respiratory infections) मा रुघा वा राइनिटिसस( rhinits), पिनास वा साइनोसाइटिस ( sinusitis), घाटी दुख्ने फ्यारिन्जाईटिस( pharyngytis) वा टन्सिलाइटिस( tonsillitits)पर्दछन ।
l
तल्लो नलीको संक्रमण( Lower respiratory infections )मा इपिग्लोटाइटिस(epiglottitis), ल्यारिन्जाईटिस9 laryngitis), ट्राकाईटिस (tracheitis) अनि ब्रोंन्काइटिस (bronchitis) पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तरगतको नली वा ट्रयाकट ( respiratory tract ) का संक्रमण हुन् । फोक्सोमा वा lung parenchyma फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ I
बाल बालिकालाई मृत्युको मुखमा पुर्याउने पाँच प्रमुख कारक रोगहरुमा निमोनिया अग्र स्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरुमा अहिले पनि उच्च छ विकसित मुलुकहरुमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ ।"
यो तस्बिरमा दाया फोक्सोको तल्लो भागको निमोनिया देखाइएको छ
साभार : इमेडीसिन
(https://emedicine.medscape.com/article/967822-overview) बाट
विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाका कारण सन् २०१५ मा मात्रै संसारभर पाँच बर्ष मुनिका ९ लाख २० हजार १३६ जना बालबालिकाको ज्यान गएको थियो । र सोही उमेर समूहको कुल मृत्युमध्ये १६ प्रतिशत निमोनियाको कारण भएको थियो ।
के ले गराउछ?
निमोनिया धेरै जसो शुस्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु
भाइरसहरु वा फंगस(ढुशी) हरु ले गराउदछन् l
उमेर तथा अन्य शारीरिक वा स्वास्थ्य अबस्थ्या हरुले गर्दा
यी विभिन्न कारक सुष्म किटहरु को संक्रमणलाइ प्रभाव पार्दछ l जस्तो कि समुदाय मा हुने
निमोनिया मा ३ हप्ता को उमेर देखि ४ बर्ष को उमेर सम्म का बालबालिका हरुमा स्ट्रेप्टोकोकस निमोनिया ( Strreptococcus Pneumonia or Pneumococcus नामक ब्याक्टेरीया को
संक्रमण बढी हुन्छ
त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया( Mycoplasma Pneumoniae) र क्लामाइडीया (Chlamydia) भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा,(Hemophilus Influenzae) ग्रुप ए स्ट्रेप्टोकोकस (Group A Streptococcus) र इस्टाफाइलोकोकस (Staphyloccous) ले निमोनिया गराउदछन एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी ( Pneumocystis Jirovicy), साल्मोनेला( Salmonella), ई कोलाई ( E. Coli) तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउदछन ।
हेमोफिलसको खोप नियमित खोपमा समाबेश भए पछि यसबाट हुने संक्रमणमा ज्यादै कमि आएको छ ।
लक्ष्यण वा चिन्ह हरु
भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनु भन्दा केहि समय अगाडी देखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ ।
मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाति दुख्ने बढी हुन्छ ।
कहिले काहिँ पेट मात्र दुखेर पनि बच्चाहरु अस्पताल पुग्छन ।निमोनिया भएका बिरामीहरुलाई डाक्टरले जाँच्दा छातीमा विभिन्न प्रकारका आवाजहरु सुन्न सक्छन जसले गर्दा निमोनिया पत्ता लगाउन सजिलो हुन्छ । आवश्यक ठानेमा एक्सरे वा अन्य टेस्टहरु गर्न पर्न सक्छ ।
जटिलताहरु
बेलैमा राम्रो उपचार पाउन सकिएन वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुनसक्छ । छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छ भने कैले काहिँ हावा चुहेर निमोथोरक्स हुन सक्छ ।मुटु फेल हुने वा संक्रमण अरु अंगहरुमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ ।
उपचार
बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरु मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ ।विश्व स्वास्थ्य संगठन का अनुसार सन् २०१५ मा मात्रै निमोनियाको उपचारका लागि ६६ वटा देशमा १०९ मिलियन डलर अर्थात करीब १२ अर्व नेपाली रुपैयाँको एन्टीबायोटिक प्रयोग भएको थियो
बचाबट
बालबालिकाहरुलाई पूर्ण स्तनपान गरेर राम्रो पोषण र हात राम्ररी धोएर वा सरसफाई मा बिशेष मा ध्यान दिएर निमोनिया बाट बचाउन सकिन्छ बालबालिकाहरुलाई आमाको दुध राम्ररी खुवाएर उनीहरुको रोगसंग लडने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाईले पनि रोग लाग्नबाट बचाउछ ।
बायु प्रदूषण बिशेष गरि घर भित्रको बायु प्रदुषण धुुम्रपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ l
खोपहरु जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोपहरु पूर्ण रुपले लगाउने गर्नाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ । बिगत केहि वर्देषा खि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ जुन ६ हप्ता मा १० हप्तामार ९ महिना मा दिईन्छ l
अवस्था अनुसार अन्य खोपहरु जस्तै रुघा बिरुद्धको वा Flu बिरुद्धका खोपहरु जसलाई किन्नुपर्छ लगाउन सकिन्छ जसले मुटुको रोग भएका वा अन्य अवस्था हरु मा श्वासप्रणालीका संक्रमंण कम गर्न सहयोग गर्दछ। अबस्थ्या अनुसार बचाबटका लागि एन्टीबयोटिक्स पनि दिन सकिन्छ जस्तै एचआइभी भएको अवस्थामा वा फियो को अपरेसन भएको अवस्था मा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ.
आज नोवेम्वर १२ अर्थात् दशौ विश्व निमोनिया दिवस २०१९ (Let’s work together to save children from Pneumonia on this 10th world Pneumonia day) निमोनिया अकालमै बालबालिकाहरुको ज्यान लिने प्रमुख सरुवारोग हो प्रतिवर्ष संसार भरि ८००,००० भन्दा बढी बाल बालिकाको निमोनिया ले मृत्यु हुने गर्दछ । निमोनियाका कारण ले हुने मृत्युदर बिस्तारै घट्दै छ l सन् २०३० सम्मको दिगो बिकासको महत्वाकांक्षि लक्ष्य अन्तर्गत बचाउन सकिने मृत्युलाइ शुन्यमा घटाउने लक्ष्य प्राप्त गर्न अझै धेरै कोशिश आबश्यक छ ।
यस पटकको विश्व निमोनिया दिबस को नारा “Championing the fight against pneumonia” रहेको छ I पूर्ण स्तनपान, राम्रो पोषण, सरसफाई र खोपबाट निमोनियाबाट बचाउन सकिन्छ बालबालिकाहरुलाई निमोनियाबाट बचाउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुको झनै ठुलो प्रयासको आबश्यकता छ l
No comments:
Post a Comment