Monday, November 19, 2018

निमोनिया के हो र कसरि बचाउने बाल बालिका हरु लाई


बालबालिकामा देखिने निमोनिया के हो ? कसरी बच्ने -
(Pneumonia and its prevention)

                                               -डा. कृष्णप्रसाद पौडेल, प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ



निमोनिया भन्नाले lung parenchyma वा फोक्सो को तन्तुमा हुने सुजन वा संक्रमण (infection and inflammation) भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा ल्यारिंक्स(larynx) भन्दा माथिको भागलाई माथिल्लो स्वास नली(upper respiratory tract) र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली( lower respiratory tract) भनिन्छ l
माथिल्लो स्वास नलीको संक्रमणहरु ( Upper respiratory infections) मा रुघा वा राइनिटिसस( rhinits), पिनास वा साइनोसाइटिस ( sinusitis), घाटी दुख्ने फ्यारिन्जाईटिस( pharyngytis)  वा टन्सिलाइटिस( tonsillitits)पर्दछन ।
l
तल्लो नलीको संक्रमण( Lower respiratory infections )मा इपिग्लोटाइटिस(epiglottitis), ल्यारिन्जाईटिस9 laryngitis), ट्राकाईटिस (tracheitis) अनि ब्रोंन्काइटिस (bronchitis) पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तरगतको नली वा ट्रयाकट ( respiratory tract ) का संक्रमण हुन् ।  फोक्सोमा वा  lung parenchyma फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ I

बाल बालिकालाई मृत्युको मुखमा पुर्याउने पाँच प्रमुख कारक रोगहरुमा निमोनिया अग्र स्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरुमा अहिले पनि उच्च छ विकसित मुलुकहरुमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ ।"

 यो तस्बिरमा दाया फोक्सोको तल्लो भागको निमोनिया  देखाइएको छ
साभार  : इमेडीसिन
(https://emedicine.medscape.com/article/967822-overview) बाट


 विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाका कारण सन् २०१५ मा मात्रै संसारभर पाँच बर्ष मुनिका ९ लाख २० हजार १३६ जना बालबालिकाको ज्यान गएको थियो । र सोही उमेर समूहको कुल मृत्युमध्ये १६ प्रतिशत निमोनियाको कारण भएको थियो ।


के ले गराउछ?




 निमोनिया धेरै जसो शुस्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगस(ढुशी) हरु ले गराउदछन् l
 उमेर तथा अन्य  शारीरिक वा स्वास्थ्य अबस्थ्या हरुले गर्दा यी विभिन्न कारक सुष्म किटहरु को संक्रमणलाइ प्रभाव पार्दछ l जस्तो कि समुदाय मा हुने निमोनिया मा ३ हप्ता को उमेर देखि ४ बर्ष को उमेर सम्म का बालबालिका हरुमा  स्ट्रेप्टोकोकस निमोनिया ( Strreptococcus Pneumonia or Pneumococcus नामक ब्याक्टेरीया को संक्रमण बढी हुन्छ 

त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया( Mycoplasma Pneumoniae) र क्लामाइडीया (Chlamydia) भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा,(Hemophilus Influenzae) ग्रुप ए स्ट्रेप्टोकोकस (Group A Streptococcus) र इस्टाफाइलोकोकस (Staphyloccous) ले निमोनिया गराउदछन एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी ( Pneumocystis Jirovicy), साल्मोनेला( Salmonella), ई कोलाई ( E. Coli) तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउदछन ।

 हेमोफिलसको खोप नियमित खोपमा समाबेश भए पछि यसबाट हुने संक्रमणमा ज्यादै कमि आएको छ ।

 लक्ष्यण वा चिन्ह हरु 

भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनु भन्दा केहि समय अगाडी देखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ ।

मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाति दुख्ने बढी हुन्छ ।

कहिले काहिँ पेट मात्र दुखेर पनि बच्चाहरु अस्पताल पुग्छन ।निमोनिया भएका बिरामीहरुलाई डाक्टरले जाँच्दा छातीमा विभिन्न प्रकारका आवाजहरु सुन्न सक्छन जसले गर्दा निमोनिया पत्ता लगाउन सजिलो हुन्छ । आवश्यक ठानेमा एक्सरे वा अन्य टेस्टहरु गर्न पर्न सक्छ ।

  जटिलताहरु

बेलैमा राम्रो उपचार पाउन सकिएन वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुनसक्छ । छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छ भने कैले काहिँ हावा चुहेर निमोथोरक्स हुन सक्छ ।मुटु फेल हुने वा संक्रमण अरु अंगहरुमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ ।

उपचार

 बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरु मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ ।विश्व स्वास्थ्य संगठन का अनुसार सन् २०१५ मा मात्रै निमोनियाको उपचारका लागि ६६ वटा देशमा १०९ मिलियन डलर अर्थात करीब १२ अर्व नेपाली रुपैयाँको एन्टीबायोटिक प्रयोग भएको थियो


बचाबट
बालबालिकाहरुलाई पूर्ण स्तनपान गरेर  राम्रो पोषण र  हात राम्ररी धोएर वा सरसफाई मा बिशेष मा ध्यान दिएर निमोनिया बाट बचाउन सकिन्छ बालबालिकाहरुलाई आमाको दुध राम्ररी खुवाएर उनीहरुको रोगसंग लडने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाईले पनि रोग लाग्नबाट बचाउछ ।

बायु प्रदूषण बिशेष गरि घर भित्रको बायु प्रदुषण धुुम्रपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ l
  खोपहरु जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोपहरु पूर्ण रुपले लगाउने गर्नाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ ।   बिगत केहि वर्देषा खि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ  जुन ६ हप्ता मा १० हप्तामार ९ महिना मा दिईन्छ l

  अवस्था अनुसार अन्य  खोपहरु जस्तै  रुघा  बिरुद्धको वा Flu  बिरुद्धका खोपहरु जसलाई किन्नुपर्छ लगाउन सकिन्छ  जसले मुटुको रोग भएका वा अन्य अवस्था हरु मा श्वासप्रणालीका संक्रमंण कम गर्न सहयोग गर्दछ। अबस्थ्या अनुसार बचाबटका लागि एन्टीबयोटिक्स पनि दिन सकिन्छ जस्तै एचआइभी भएको अवस्थामा वा फियो को अपरेसन भएको अवस्था मा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ.


  आज नोवेम्वर १२ अर्थात् दशौ विश्व निमोनिया दिवस २०१९ (Let’s work together to save children from Pneumonia on this 10th world Pneumonia day) निमोनिया अकालमै बालबालिकाहरुको ज्यान लिने प्रमुख सरुवारोग हो प्रतिवर्ष संसार भरि ८००,००० भन्दा बढी बाल बालिकाको निमोनिया ले मृत्यु हुने गर्दछ । निमोनियाका कारण ले हुने मृत्युदर बिस्तारै घट्दै छ l सन् २०३० सम्मको दिगो बिकासको महत्वाकांक्षि लक्ष्य अन्तर्गत बचाउन सकिने मृत्युलाइ शुन्यमा घटाउने लक्ष्य प्राप्त गर्न अझै धेरै कोशिश आबश्यक छ ।

 यस पटकको विश्व निमोनिया दिबस को नारा “Championing the fight against pneumonia” रहेको छ I पूर्ण स्तनपान, राम्रो पोषण, सरसफाई र खोपबाट निमोनियाबाट बचाउन सकिन्छ बालबालिकाहरुलाई निमोनियाबाट बचाउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुको झनै ठुलो प्रयासको आबश्यकता छ l

डेंगु फेवर अथवा डेंगु ज्वोरो के हो र कसरि बच्ने Dengue Fever what is it and how to protect ourselves


डेंगु फिबर अथवा डेंगु ज्वोरो के हो
- डा. कृष्ण प्रसाद पौडेल  प्रमुख कन्सल्टट्यानट कान्ति बाल अस्पताल 
अहिले पोखरा मा डेंगु ज्वरो क बिरामीहरु देखिएको समाचार आइरहेको छ हाम्रो देश नेपाल मा पहिला नया  रोग भनिने डेंगु अहिले प्रशस्त मात्रा मा देखिन थालेको छ र बिशेस गरि गर्मि मौसम मा हुने यो रोग एसिया प्रशान्त क  भारत  श्रीलंका माल्दिव्सलगायत अफ्रीका र ल्याटिन अमेरिका लगायत  संसारका धेरै ट्रोपिकल मौसम हुने देश हरु मा देखिन्छ
Global Map of Dengue Fever
Dengue प्रभावित क्षेत्र हरु श्रोत CDC (https://www.cdc.gov/dengue/epidemiology/index.html)
डेंगु एक प्रकार को भाइरसको संक्रमण ले गर्दा हुने रोग हो ४ विभिन्न प्रकारका डेंगु गराउने भाइरस हरु पट्ट लागेका छन्
 एडिसप्रजाति को  लामखुट्टे  एडीस इजीप्टे अथवा डेंगु लामखुट्टे पनि भनिन्छ Aedes aegypti or "dengue mosquitoes" अथवा कतै कतै Tiger Mosquito भनिने  Aedes albopictusको टोकाइले यो संक्रमण मानिसमा सर्ने गर्छ र मुख्यत वर्षा तथा गर्मि मौसम मा यो रोग को संक्रमणबढी हुने गर्छ
Aedes aegypti,Dengue,Scientific study
 Photo :Aedes aegypti, the mosquitoes that transmit dengue Bharat Bhushan Hindustan times(link: https://www.hindustantimes.com/india-news/dengue-mosquitoes-breed-even-in-dry-summer-months-study/story-VNcMCxZkwuLaHgmMDzoUkN.html)
यो लामखुट्टे पानी भरिएका जलाशय लगायत लामो समय सम्म पानी जम्मा भएका कुनै कन्टेनरमा पनि गर्मि को मौसम मा बस्ने र Breeding गरि आफ्नो संख्या बढाउने गर्छ . यो लामखुट्टे को बिशेस खालको सरिर र खुट्टा छिर्केमिर्के र  बसाई हुन्छ छड्के  कोण बनाई  बस्छ र यसले दिउसो मा पनि टोक्ने गर्छ सांझा र राति बाहेक साथै यसको टोकाई दुख्ने हुदैन
डेंगु ज्वोरो, डेंगु hemorrhagic fever र Dengue Shock Syndrome गरि तिन बिभिन्न प्रकृति र गम्भीरता को डेंगु रोगका लक्ष्यण र प्रकार रहन्छन
१.डेंगुका   ज्वोरो का लक्ष्यणहरु
एक्कासी ज्वोरो आउने करिब ३ देखि ७ दिन सम्म
टाउको दुख्ने र आखा भित्र दुखाई हुनु
माम्शापेशी र जोर्नी हरु दुख्नु कुहिनो घुडा र गोलिगठो (कसै कसैले यसलाई ज्यादा दुखाई हुने भएर Break Bone Fever पनि भन्ने गर्छन )
खाना मा अरुचि हुनु बान्ता पखाला हुनु
स्वादपरिबर्तन हुनु (metallic taste )
छाला मा चाला आउनु रातो धब्बा वा चाला दादुरा जस्तो पनि हुन सक्छ बिशेष गरि दोश्रो चरण मा हुने
Image result for dengue rash
तस्बिर डेंगु मा आउने चाला (source: https://skincare.lovetoknow.com/Dengue_Fever_Rash)
नाक अथवा गिजा बाट रगत आउनु
अत्यधिक थकान महसुस हुनु

खासगरी डेंगु रोग ठुला बच्चा देखि बयस्क हरु मा हुने गर्दछासंक्रमित लामखुट्टे ले टोकेको ३ देखि १४ दिन भित्र मा डेंगु रोग का लक्ष्यण हरु देखिन थाल्छन सामान्यतया डेंगु व्यक्ति बाट व्यक्ति मा सर्दैन तर संक्रमित बाट लामखुट्टे ले यो रोग को किटाणु अन्य व्यक्ति हरु मा सर्न सक्छ
यो रोग खासगरी क्लिनिकल परिक्छ्न र प्रयोगशाला को परिक्षण बाट पत्ता लगाउन सकिन्छ.
यो डेंगु ज्वोरो को बिशेस् उपचार भन्नाले प्रतिजैविक(Antibiotics, Antiviral)को कुनै रोल छैन वा  चाही केहि छैन 
आराम गर्ने, स्वास्थ्य कर्मी वा चिकित्सक को सल्लाह र निगरानी मा रहने
प्रशस्त पानि र झोलिलो कुरा हरु सेवन गर्ने
ज्वोरो आएमा पारासिटामोल खाने ( यस्पिरिन खाना मिल्दैन किनकि यसले Platelets घटाएर रगत बग्न सक्ने सम्भावना बद्छा.
२. रक्ताश्राब हुने डेंगु हेमोरजिक (DengueHaemorrhagic Fever)
डेंगु को गम्भीर प्रकृति को यो अवस्था सामान्यतया ज्वोरो घटेपछि अथवा सुरुमा ज्वोरो आएको ३-७ दिन पछी देखिन्छ यसर्थ ज्वोरो घटेपछि बिरामी गम्भीर हुने एक्कासी ज्यादा पेट दुख्ने वाकवाकी हुने बान्ता हुने शिताङ्ग हुने वा तापक्रम अस्थिर रहने बेस्होश सिथिल वा confused र irritable हुने सक्छ  साथै यो अब्स्तः बाट बिरामी छिटै रक्तसंचार को failure को अवस्था अथवा शक् मा जान सक्छ यो अबस्था को समयमै पहिचान र उपचार हुनु अति आबस्यक छ नत्र ज्यान जाने सम्म को जोखिम रहन्छ
यो डेंगु ज्वोरो को अलिक गम्भीर खालको र ज्यान सम्मै लिन सक्ने प्रकृतिको डेंगु को रोग हो बिशेस गरि १५ वर्ष भन्दा कम उमेर क बच्चाहरु मा देखिन्छतर  बयस्क हरु मा पनि हुन सक्छ
Dengue Hemorrhagic Feverमा शरीरमा ठुला ठुला रगतका  धब्बा हरु देखिन सक्छन  ..
३.डेंगु शक् ( Dengue shock syndrome)
डेंगु ज्वोरो वा डेंगु hemorrahagic fever भएर बिरामीको रक्तसंचार प्रणाली ले काम गर्न असमर्थ रहनुवा failure हुनु जसमा नाडी को गति सुस्त वा कमजोर (bradycadia, feeble pulse tachycardia) वा ब्लड प्रेसर कम( (Hypotension) भइ महत्वपुर्ण अंग हरु जस्तै मृगौला मस्तिस्क मा रक्तसंचार फेल भइ ज्यानै जाने खतरा रहन्छ

रगत का  परिक्षण (Hematrocrit, platelet and Albumin etc) र ब्लड प्रेससर जस्तै गरि tourniquet test पनि यो अबस्था मा  निगरानीका लागि गरिने गरिन्छ  अवस्था र आबश्यकयता अनुसार
 डेंगु को उपचार Symptomatic मात्र अथवा लक्ष्यण को उपचार मात्र उपलब्ध छ बिशेष गरि ज्वोरोको उपचार र तरल पदार्थ र आबश्यकता अनुसार सलाईन दियीन्छ बिशेष गरि डेंगु शक क अवस्था मा ज्यादा मात्र मा रगत को परिक्षण र ज्यादा सलाईन आवश्यक पर्ने हुन्छ
 यसर्थ रोग बाट समयमै बच्ने र लक्ष्यण देखिएमा तत्काल स्वास्थ्य कर्मी तथा चिकित्सक लाई देखाउने जचाउने वा निगरानी मा रहनु नै उपयुक्त रहन्छ
कसरि बच्ने त
हाल सम्म डेंगु को बिरुध्धको खोप vaccine भ्याक्सिन को विकास भएको छैन
लामखुट्टे को टोकाई बाट बच्ने कपडा हरु शरीर भरि लगाउने र
लामखुट्टे लाई भगाउन र मार्ने व्यवस्था गर्ने, लामखुट्टे भगाउने धुप वा झुल प्रयोग गर्न सकिन्छ
लामखुट्टे हरु को ब्रिध्धि बिकाश हुनेपाई भरिएका ठाउँ हरु पहिचान गर्ने र खाल्ड खुल्दी हरु पुर्ने, पानी जम्मा हुने कन्टेनर हरु बन्द मात्र राख्ने अनाबश्यक कन्टेनरहरु मा पानि जम्मा हुन नदिने
ज्वोरो वा अन्य लक्ष्यण हरु देखिएय्मा मा नजिकको स्वास्थ्य संस्था स्वस्थ करमि वा चिकित्सक संग परामर्श गर्ने र निग्ररानी मा रहने र चिकित्सक वा सवास्थ्यकर्मिको सल्लाह बमोजिल्म फलो अप वा निगरानी मा रहने खतराका लक्ष्यन देख्येमा तुरुन्त  स्वास्थ्य संस्था अस्पताल जाने



References
Centers for Disease Control and Prevention website. Dengue. www.cdc.gov/dengue/index.html. Updated January 19, 2016. Accessed October 23, 2017.
Thomas SJ, Endy TP, Rothman AL, Barrett AD. Flaviviruses (dengue, yellow fever, Japanese encephalitis, West Nile encephalitis, St. Louis encephalitis, tick-borne encephalitis, Kyasanur forest disease, Alkhurma hemorrhagic fever, Zika). In: Bennett JE, Dolin R, Blaser MJ, eds. Mandell, Douglas, and Bennett's Principles and Practice of Infectious Diseases, Updated Edition. 8th ed. Philadelphia, PA: Elsevier Saunders; 2015:chap 155.
Yacoub S, Farrar J. Dengue. In: Farrar J, Hotez PJ, Junghanss T, Kang G, Lalloo D, White NJ, eds. Manson's Tropical Diseases. 23rd ed. Philadelphia, PA: Elsevier Saunders; 2014:chap 15.