Tuesday, January 21, 2020

https://www.nepalihealth.com/2020/01/22/44955/

कोरोना भाइसरसंग जोगिन यसरी सतर्कता अपनाउँ

301Shares
- नेपाली हेल्थ
– डा. कृष्ण पौडेल, प्रमुख कन्सल्टेन्ट पेडियाट्रीसियन
कोरोना भाईरस; पछिल्लो तीन साता यता स्वास्थ्य क्षेत्रमा सम्भवत: सबैभन्दा बढी सुनिएको नाम हो ।
सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो ।
त्यस यताको तीन सातामा ६ जनाको ज्यान गईसकेको छ । अहिलेसम्म झण्डै ३०० जनामा यसको संक्रमण देखिएको छ ।
११ करोड जनसंख्या भएको वुहान शहर बाहेक चीनको बेइजिङ, सांघाई तथा छिमेकी ताइवानमा समेत यसको संक्रमण देखा परेको छ । यस्तै दक्षिण कोरिया, जापान, र थाइल्याण्डमा समेत देखा परेको भनिएको यो भाईरस अब अमेरिकामा समेत देखा परेको सीडीसीले जनाएको छ । ती सबै चीनबाट त्यहाँ पुगेका हुन् भन्ने पुष्टीसमेत भईसकेको छ ।
वुहान शहरमा त उपचारमा सहभागी कम्तीमा १५ जना स्वास्थ्यकर्मीहरुलाई समेत यसको संक्रमण देखापरेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ । स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ ।स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।
तर जे होस्, छिमेकी देश चीनको नयाँ बर्ष र नेपालले भ्रमण बर्षको शुरुवात गर्दै गर्दा यो रोगबारे परामर्स लिएर सतर्क रहन हाम्रो पनि जरुरी छ ।
खासमा के हो त कोरोना भाईरस ?

पहिलको अन्य कोरोना भाइरसका इपिडेमिक, जस्तै : SARS( Severe Acute Respiratory Syndrome र २०१२ को MERS (Middle East Respiratory Syndrome) ले झैँ  यसपटक सारा विश्वको ध्यान कोरोना भाइरसले खिचेको छ ।
Novel coronavirus (2019-nCoV) नाम दिइएको यो नयाँ कोरोनाभाइरस, एक रहस्यमय,  एक्कासी सास फेर्न गारो गराउन सक्ने SARS जस्तै गरि चिनियाँ शहर वुहानमा पहिलोपटक देखिएको  थियो  ।
चिनियाँ अधिकारीहरुले ३१ डिसेम्बर २०१९ का दिन ११ करोड जनसंख्या भएको शहर वुहानमा  नयाँ कोरोना भाइरसको संक्रमण देखिएको  विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएका थिए ।
यो प्रकोप पहिलेको अज्ञात प्रकारको कोरोनाभाइरसको कारण भएको हो । यसको संक्रमण सुरुमा सामान्य रुघा खोकी, ज्वरो, घाँटी दुख्ने,टाउको दुख्ने देखि पछि सास फेर्न गाह्रो हुने र श्वास प्रश्वास प्रणालीलाई नै फेलियर गराउने जस्तो गम्भीर अवस्थासम्म पुरयाउन सक्रिय देखिन्छ । जसबाट मानिसको ज्यानै समेत जान थालेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार जनवरी ११ मा पहिलो व्यक्तिको यसको भाइरसका कारण कारण मृत्यु भएको थियो
चीन पछि यो भाइरस पहिले देखिएको थाइल्याण्डमा हो । एक जना थाई महिला जो चीनको वुहानबाट केही दिन अघि मात्रै थाइल्याण्ड फर्केकी थिइन ।
यस्तै जापान र दक्षिण कोरियामा पनि फाट्टफुट्ट केशहरु देखिन थालेका छन् ।
कोरोना भाइरसका धेरै प्रकारहरु जनावरमा हुन्छन् । त्यसैले शुरुमा संक्रमित जनावरबाट मानवमा सरेको आशंका गरिएको थियो तर अहिले यो भाइरस मानबबाट मानवमा सर्ने पुष्टि भईसकेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुका अनुसार बिरामीले हाच्छ्यु गर्दा, सिंगानबाट वा खकारबाट यो भाइरस एक अर्को व्यक्तिमा सर्न सक्छ ।
लक्षणहरु के के हुन्छन् ? 
अन्य भाइरस जस्तै कोरोना भाइरसको संक्रमण पनि शुरुमा रुघा खोकी सर्दी लाग्ने सामान्य ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने र रोगले च्याप्दै जाँदा सास फेर्न गाह्रो हुने तथा अन्तिममा स्वास्थ्य प्रश्वास प्रणाली नै फेलिय गराउने अवस्थामा सम्मको जटिलता ल्याउनसक्छ ।
त्यसैले मासु वा जनाबरसंग वा संक्रमित बिरामीसंग काम गर्नु पर्नेहरुमा उच्च जोखिम देखिएकोले प्रयाप्त होसियारी अपनाउनु पर्ने हुन्छ । यस्तै गर्भवती महिलाहरुमा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
सतर्कता कसरी अपनाउने ? 
बचावटका लागि मासु वा मासुजन्य पदार्थ राम्ररी पकारमात्र खाने, हात धुने तथा रुघा तथा सर्दी लागेका विरामीबाट टाडा बस्ने लगायतका उपाय अपनाउने ।
यस्तै रोगको गम्भीरतालाई ध्यान दिएर अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुहरुको विशेष निगरानी राख्ने वा स्क्रिनिंग गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
उपचार के छ त ?
कोरोना भाइरसको लागि भनेर खासै उपचार केही छैन । बिरामीले बाफ लिने, ज्वरो आएमा साधारण औषधि सिटामोल खाने, आराम गर्ने, ह्युमिडी फिकेसनवाला हावा वा सास फेर्न गारो भएमा अक्सिजन लिने ।
त्यसबाहेक सामान्य रुघा खोकी भन्दा बढी गाह्रो भएमा स्वास्थ्यकर्मीको सल्लाह लिने र आवश्यक परेमा थप उपचारका लागि अस्पतालमा भर्ना समेत हुनुपर्न सक्छ ।

Wednesday, November 13, 2019


हात पैताला तथा मुख मा आउने Hand Foot Mouth Disease बारे केहि जानकारी

__डा. कृष्णप्रसाद पौडेल
प्रमुख कन्सल्टेन्ट बालरोग बिशेषज्ञ
 कान्ति बाल अस्पताल

                     (फोटो: wikimedia commons बाट साभार)




कारक भाइरस

सामान्यतया Entero भाइरसहरु  बिसेश गरि Coxsackie भाइरस A16 तथा Entero भाइरस ७१ को संक्रमणले यो बिरामी देखा पर्दछ. पोलीयो  Echo हरु पनि Entero भाइरस अन्तर्गत पर्दछन.

लक्ष्यणहरु

१०  वर्ष मुनि का बालबालिका हरु र त्यस मा पनि ५ वर्षा भन्दा मुनिका बच्चाहरु मा यो बढी देखिन्छ तर बयास्क हरु मा पनि यो बिमार हुन सक्दछ. बालबालिका हरु मा ज्वोरो आउनु, लोसो हुनु, कम खाना खानु,घाटी तथा सुरु मा रातो बिमिरा बाट सुरु भै पानि भरिएका जस्तो हुनु वा पानी र पिप जस्तो भरेका मुख मा सोर (SORE),अल्सर(ULCER) वा घाउ हरु देखा पर्नु र केहि दिनमा खुट्टा को पैताला तथा हत्केला मा पनि त्यस्तै देखिन्छ कैले काही यो मलद्वार को वरिपरी तथा घुडा तथा कुहिना एबम प्रजनन अंग तिर पनि देखिन सक्छ.
 (माथि तस्बिर मा देखाएको जस्तै बिमिरा हरु आउदछन)
बालबालिका हरु दुखाई को कारण ले झगडा गर्ने रुने वा झिन्झिने हुन सक्छन साथै चिलाए जस्तो पनि गर्न सक्छन.

जटिलता हरु  
साना बच्चा हरु मा मुख वा घाटी को समस्या ले गर्दाकेहि खुवाउन नसकिने वा ननिलिने(निल्न नसक्ने)  हुदा जल बिनियोजन वा Dehydration हुन सक्छ.
कहिले काही  तर धेरै बिरलै मस्तिस्क सम्म पुगेर meningitis वा encephalitis हुन पनि सक्छ.

कसरि सर्छ?

बिरामीको सिगान र्याल खकार तथा सरिरको अन्य झोल पदार्थ बाट साथी फोका को झोल (Blister Fluid) यसर्थ बिरामी बच्चा को संसर्ग मा आउने लाई यो सर्न सक्छ.
यति खेर काठमाडौँ क विभिन्न भाग मा प्राथमिक बिद्यालय जाने उमेरका बालबालिका मा यो समस्या देखिएको छ.

कसरि बच्ने ?

सरसफाई मात्र यसबाट बच्ने उपाय हो बिसेष गरि बिरामी बच्चा को संसर्ग मा आए पछी साबुन पानि ले हात धुने तथा एउतै रुमाल प्रयोग नगर्ने

उपचार तथा ध्यान दिनु पर्ने कुरा

सामान्यतया यो एक हप्ता मा सन्चो हुन्छ.
केहि खुवाउने नसकेको अबस्थामा वा जल्बिनियोजन भएको मा अस्पताल भर्ना पनि गर्न पर्न सक्छ साथै Definite उपचार नभएको ले लक्ष्यण अनुसार ज्वोरो वा दुखाई को कम गर्न Paracetamol तथा आबश्यकता अनुसार मुख भित्र लगाउन analgesic antiseptic जेल  दिन सकिन्छ.
तातो पिरो नुनिलो खुवाउदा पोल्ने हुदा मनतातो वा सेलाएको दुध नरम खाना जस्तै केरा जाउलो नरम वा भिजाएको पाउरोटी वा विस्कुट खुवाउन सजिलो हुन्छ साथै झोलिलो कुरा हरु सुइरो (straw) ले खुवाउन पनि सकिन्छ.
केहि खुवाउन सकिएन पिसाब कम भयो वा अलि लठ्ठीयाएको भएमा अस्पताल वा स्वास्थ्यकर्मी को सल्लाह लिन राम्रो हुन्छ








Monday, November 11, 2019

नवजात शिशु मा हुने पहेलोपन जण्डिस बारे केहि जानकारी


के कारणले हुन्छ जन्मनेबित्तिकै जण्डिस ?
डा. कृष्णप्रसाद पौडेल MBBS MD PED.
 प्रमुख कन्सल्टेण्ट पिडियाट्रिसियन, कान्ति बाल अस्पताल


Krishna Poudelविलिरुबिनको मात्रा धेरै भई नवजात शिशुमा देखिने जण्डिस वा पहेंलोपनालाई नियोनेटल हाइपर विलिरुबिनेमिया वा नियोनेटल जण्डिस भनिन्छ । यो सामान्य वा फिजियोलोजिक तथा असामान्य वा प्याथोलोजिकल गरी दुई प्रकारको हुन्छ । वयस्कको रगतमा सामान्यतः बिलिरुविनको मात्रा १ मिलिग्राम प्रतिडेसिलिटर हुन्छ भने २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै भयो भने जण्डिस भएको मानिन्छ । सामान्यतयाः महिना पुगेका शिशुमा एक चौथाइदेखि सयकडा ५० प्रतिशत र महिना नपुगेका शिशुमा त्योभन्दा पनि बढी जण्डिस देखिन्छ ।

बिलिरुविन कसरी पैदा हुन्छ ?

विलिरुविन रक्तकोषको विर्सजन वा खण्डन हुँदा प्रत्युत्पादक पदार्थको रुपमा उत्पन्न हुन्छ । मुख्य हिम प्रोटिनको रुपमा रक्तकोषमा रहेको हेमोग्लोविन खण्डित हुँदा प्रति १ ग्राम हेमोग्लोविन बराबर करीब ३४ मिलिग्राम विलिरुविन उत्पादन हुन्छ । रक्तकोषबाट धेरैभन्दा धेरै हेमोग्लोविन खण्डित हुने अवस्था अथवा हेमोलाइसिस हुने अवस्था असामान्य वा प्याथोलोजिकल हो । जस्तै रक्तकोषको खराबी, रिसस व्लर्ड ग्रुपको असामान्जस्यता, रक्तश्राव वा रक्त संकलन(हिमाटोमा वा ब्रुजिङ्ग) वा रक्तकोषमा इन्जाइमको कमिलाई असामान्य प्याथोलोजिकल भनिन्छ । तथापि सामान्य अवस्थामा उमेर पुगेका रक्तकोष खण्डित हुँदा पनि विलिरुविन उत्पन्न हुन्छ, यसलाई फिजियोलोजिकल भनिन्छ । रक्तकोषको निर्माणका क्रममा बोनम्यारोमा बनेका अपूर्ण वा असामान्य कोष छिट्टै खण्डित हुन्छन् र त्यसबाट पनि बिलिरुविन उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको विलिरुविनलाई रगतमा रहेको एल्बुमिनले कलेजोसम्म पु¥याउछ । जहाँ विभिन्न चरणका मेटाबोलिक प्रक्रियाहरुले कन्जुगेट गरेर बनेको कन्जुगेटेड बिलिरुविन पित्तथैली एवम् पित्तमार्ग हुँदै पित्तको रुपमा आन्द्रामा प्रवेश गर्दछ । जसका कारण सामान्यतया दिसाको रङ्ग पहेंलो हुन्छ । यो पित्तले चिल्लो पदार्थ पचाउने काम गर्छ ।

सामान्य वा फिजियोलोजिकल जण्डिस

नवजात शिशुमा रगतमा अनकन्जुगेटेड बिलिरुविनको मात्रा पहिलो हप्ताभित्रै २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै हुन्छ । महिना पूर्ण भएका शिशुमा पहिलो ३ दिनमै ६ देखि ८ मिलिग्राम प्रति डेसिलिटर पुगिसक्छ र १२ मिलिग्राम प्रति डेसिलिटरलाई सामान्य वा फिजियोलोजिकल जण्डिस भन्ने गरिन्छ । महिना नपुगेका बच्चामा यो मात्रा १५ मिलिग्राम प्रति डेसिलिटरसम्म पुग्नसक्छ । सामान्यतया यो पहिलो १÷२ हप्तासम्म भई बिस्तारै लेभल कम हुँदै जान्छ ।

के कारणले हुन्छ ?

विलिरुविनको धेरै उत्पादन ः रक्तकोषको आयु १२० दिनभन्दा कम हुने र धेरै रक्तकोषको लोड हुनाले ।
प्रभावहिन रक्तकोष उत्पादन वा धेरै हिमप्रोटिनको मात्रा भएमा 
ज्यादातर इन्टेरोहेपाटिक रक्तसंचार हुनु ।
कलेजो कलिलो भई कलेजोमा हुने रासायनिक प्रक्रिया कमजोर हुनु वा प्रतिक्रियाहरु प्रभावकारी नहुनु 

असामान्य वा प्याथोलोजिकल जण्डिस

माथि उल्लेखित सामान्यबाहेक ज्यादातर लेभलको वा अन्य असामान्य अवस्था भएको जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ । यस्ता अवस्था निम्नानुसार छन् ।
पहिलो २४ घण्टाको उमेरभित्र नै देखिएको जण्डिस ।
प्रतिघण्टा ० दशमलब ५ मिलिग्राम प्रति डेसिलिटर प्रति घण्टाभन्दा धेरै बृद्धि भएको जण्डिस ।
बच्चा अस्वस्थ जस्तो वा असामान्य अवस्था जस्तै बान्ता भइरहने, सुस्त वा लुलो, सास फेर्न छिटो वा रोकिएको अवस्था, ज्वरो आउने, दुध चुस्न नसक्ने भएको सँगै हुने जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ ।
महिना पुरा भई जन्मेको बच्चामा ८ दिनको उमेरभन्दा धेरै र महिना नपुगि जन्मेको अवस्थामा १४ दिनभन्दा बढीसम्म रहिरहेको जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ ।

नवजात शिशुमा जण्डिस हुने केही कारण

आमा र बच्चाको रक्त समूहको फरक, जस्तै आमा रिसस नेगेटिभ तर बच्चा पोजिटिभ जन्मनु वा आमा ओ ग्रुपको तर बच्चा ए अथवा बी ग्रुपको हुनु ।
रक्तकोषको बनावटको समस्या जस्तै हेरेडिटरी स्फोरोसाइटोसिस ।
रक्तकोष नासिने हिमोलाइटिक एनेमिया, यालासेमिया ।
इन्जाइमको कमि जस्तै ग्लुकोज ६ फोस्फेट, डिहाइड्रोजिनेज वा पाइरुभेट काइनेजको कमि, कलेजोमा इन्जाइम कमि हुने क्रिग्लर नाजार सिन्ड्रोम वा सिलवर्ट सिन्ड्रोम ।
इन्फेक्सन वा संक्रमण जस्तै नियोनेटल सेप्सीस वा पेटभित्र हुँदा कै संक्रमण इन्ट्रायुटेराइन टर्चसग्रुपको संक्रमण ।
कतै रगत जमेको वा बगेको छ भने जस्तै हियाटोमा ।
पोलिसाइथेमीया वा ज्यादातर रक्तकोष भएको अवस्था ।
दध नचुस्ने, डिहाइड्रेसन वा जल विनियोजन वा बान्ता भइरहने अवस्था वा शिशुको तौल घटेको अवस्था ।
पित्तबाहिनी नलि बन्द भएको अवस्था वा नभएको अवस्था (विलियरी एट्रेसिया) ।
सुरुसुरुमा आमाको दूध खाइरहेका बच्चालाई पछि देखिने ब्रेष्ट मिल्क जण्डिस ।

जोखिमयुक्त जण्डिस

निम्न अवस्थामा विलिरुविनको मात्रा बढी हुनुका साथै मष्तिस्कमा पुग्न सक्ने जोखिम धेरै हुन्छ ।
पहिलो २४ घण्टाभित्र देखिएको जण्डिस वा रिसस ग्रुप नमिलेको अवस्था ।
महिना नपुगेका बच्चामा देखिएको जण्डिस ।
ठूलो रगत जमेको सिफल हेमाटोमा ।
पहिलेका बच्चामा देखिएको जण्डिसलाई उपचार गर्नु परेकोमा ।
आमामा चिनीको रोग वा डायबिटिज भएकोमा ।
अपुग मात्रामा स्तनपान भइरहेको वा दूध राम्ररी नआएकोमा ।
यदि बच्चाको दिसा सेतो देखिएमा पनि पित्तबाहिनी नलि बन्द भएको वा विलियरी एट्रेसिया हुनसक्छ ।


कम जोखिमयुक्त जण्डिस हुने अवस्था

महिना पुरा भई जन्मेको बच्चा र सामान्य वा राम्रो तौल भएको बच्चामा ।
राम्ररी स्तनपान गरिरहेको बच्चा वा स्वस्थ देखिने बच्चामा ।
विलिरुविनको मात्रा जोखिम रेखाभन्दा कम रहेको अवस्था ।
रक्तग्रुप नमिलेको अवस्था नरहेकोमा ।
बच्चामा संक्रमणका लक्षण नदेखिएको अवस्थामा ।
शिशु स्वस्थ रही ७२ घण्टाको अवधि पार गरि डिस्चार्ज भएकोमा वा ७२ घण्टापछि देखा परेको जण्डिसमा

जटिलता वा कम्प्लिकेशन

नवजात शिशु विशेषगरी ६ दिनभन्दा कमको शिशुमा अन कन्जुगेटेड विलिरुविनको मात्र एक्कासी बढेमा वा जोखिम मात्राको रेखा नाघेमा, जस्तो ः स्वस्थ ३ केजीको बच्चामा ७२ घण्टामा १८२० मिलिग्रामभन्दा ज्यादा भएमा यसप्रकारको विलिरुविनको विमाग जाने संभावना हुने र यसले विलिरुविन इन्केफ्यालोप्याथी भनिने मस्तिष्कसुजन हुन पुग्छ । जसले तात्कालिक र दीर्घकालिन असर पु¥याउनसक्छ । तात्कालिन अवस्थामा बच्चा लुलो, सुस्त हुने, चिच्याउने वा दूध चुस्न नसक्ने हुन्छ भने लामो समयसम्म उचित उपचार नपाएमा बच्चा दह्रो हुने, कम्पन आउने, सास रोकिने बेहोस हुने वा धनुष्टंकारजस्तो हुने तथा यसबाट बच्चाको ज्यानैसम्म जानपनि सक्छ । ज्यान नगएमा यो अवस्थाका बच्चा दीर्घकालमा सुस्त मनस्थिति, आँखा चम्काउने वा छारे रोग जस्तो भइरहने हुन सक्छन् ।
व्यवस्थापन
धेरैजसो नवजात शिशुलाई जण्डिस हुन्छ र सबैलाई उपचार वा व्यवस्थापन नचाहिन पनि सक्छ । जोखिमयुक्त अवस्था र नवजात शिशुको तौल, म्याचुरिटि उमेर(घण्टामा) अनि बिलिरुविन विशेषगरि अनकन्जुगेटेड विलिरुविनको मात्रा हेरी उपचार वा व्यवस्थापन फरकफरक हुन्छ ।
नवजात शिशुमा भएको जण्डिस जोखिमयुक्त छ छैन भनेर सोधपुछ गरेर, बच्चालाई शारीरिक जाँचपछि विभिन्न टेष्ट जस्तो आमा र शिशुको रक्त समूह, शिशुको रगतमा विलिरुविनको मात्रा, संक्रमणका लागि शंका लागेमा वा आवस्यकताअनुसार विभिन्न ल्याव टेष्ट गर्ने गरिन्छ ।
जोखिमयुक्त वा बच्चाको तौल, उमेर वा अन्य अवस्था हेरि जण्डिस भएको बच्चालाई फोटोथेरापी वा विशेष प्रकारका ट्युवलाइटमा नाङ्गै राखेर गर्ने उपचार दिइन्छ । खासगरि केही औषधि जस्तै फेनोबार्विटोन वा एल्बुमिन अवस्थाअनुसार दिइन्छ भने ज्यादै उच्च लेभलको वा जोखिमयुक्त विशेषगरि रिसस नेगेटिभ ग्रुपका आमाबाट जन्मेका रिसस पोजिटिभ ग्रुपका बच्चालाई रगत नै फेर्ने (एक्सचेन्ज व्लड ट्रान्सफ्युजन) प्रक्रियाको उपचार पनि गरिन्छ । जसलाई धेरैजसो ओ नेगेटिभ रगतलाई आमा र बच्चालाई क्रस म्याच गरेर दिइन्छ । बच्चाको उमेर र अन्य अवस्था हेरी यी उपचार विधि वालरोग विशेषज्ञ वा चिकित्सकले गर्छन् ।
तसर्थ नवजात शिशुमा हुने जण्डिसको उपचार बच्चाको उमेर, म्याचुरिटि लेभल, तौल वा अन्य जोखिम हेरी फरकफरक हुन्छ । १ किलोग्राम तौल भएको बच्चामा ८१० मिलिग्राम प्रति डेसिलिटरमै फोटोथेरापी सुरु गरिन्छ भने ठुलो अथवा ३ केजीभन्दा बढी तौल भएको स्वस्थ बच्चालाई १५ मिलिग्राम प्रति डेसिलिटरभन्दा बढी नपुगी फोटोथेरापी सुरु गरिदैंन । मुख्यतः जोखिमको मात्रा हेरी उपचार पद्दति कस्तो गर्ने निर्णय गरिन्छ । तर, जे जस्तो खालको जण्डिस भएपनि आमाले मुख बार्नुचाहिँ पर्दैन । आमाले सामान्य सुत्केरीले खाने खाना खान मिल्छ । हामीले आमाले धेरै मुख बारेर समस्या निम्तिएको देखेका छौं, जुन आवश्यक छैन ।
- डा. कृष्णप्रसाद पौडेल, प्रमूख कन्सल्टेण्ट पिडियाट्रिसियन कान्ति बाल अस्पताल


Monday, November 19, 2018

निमोनिया के हो र कसरि बचाउने बाल बालिका हरु लाई


बालबालिकामा देखिने निमोनिया के हो ? कसरी बच्ने -
(Pneumonia and its prevention)

                                               -डा. कृष्णप्रसाद पौडेल, प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ



निमोनिया भन्नाले lung parenchyma वा फोक्सो को तन्तुमा हुने सुजन वा संक्रमण (infection and inflammation) भन्ने बुझिन्छ । स्वासप्रश्वास प्रणालीको विभाजन अनुसार हाम्रो स्वर यन्त्र अथवा ल्यारिंक्स(larynx) भन्दा माथिको भागलाई माथिल्लो स्वास नली(upper respiratory tract) र त्यो भन्दा तलको भागलाई तल्लो स्वास नली( lower respiratory tract) भनिन्छ l
माथिल्लो स्वास नलीको संक्रमणहरु ( Upper respiratory infections) मा रुघा वा राइनिटिसस( rhinits), पिनास वा साइनोसाइटिस ( sinusitis), घाटी दुख्ने फ्यारिन्जाईटिस( pharyngytis)  वा टन्सिलाइटिस( tonsillitits)पर्दछन ।
l
तल्लो नलीको संक्रमण( Lower respiratory infections )मा इपिग्लोटाइटिस(epiglottitis), ल्यारिन्जाईटिस9 laryngitis), ट्राकाईटिस (tracheitis) अनि ब्रोंन्काइटिस (bronchitis) पर्दछन् । यी सबै स्वासप्रस्वास प्रणाली अन्तरगतको नली वा ट्रयाकट ( respiratory tract ) का संक्रमण हुन् ।  फोक्सोमा वा  lung parenchyma फोक्सोको तन्तुमा हुने संक्रमणलाई निमोनिया भनिन्छ I

बाल बालिकालाई मृत्युको मुखमा पुर्याउने पाँच प्रमुख कारक रोगहरुमा निमोनिया अग्र स्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरुमा अहिले पनि उच्च छ विकसित मुलुकहरुमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुना बढी रहन्छ ।"

 यो तस्बिरमा दाया फोक्सोको तल्लो भागको निमोनिया  देखाइएको छ
साभार  : इमेडीसिन
(https://emedicine.medscape.com/article/967822-overview) बाट


 विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाका कारण सन् २०१५ मा मात्रै संसारभर पाँच बर्ष मुनिका ९ लाख २० हजार १३६ जना बालबालिकाको ज्यान गएको थियो । र सोही उमेर समूहको कुल मृत्युमध्ये १६ प्रतिशत निमोनियाको कारण भएको थियो ।


के ले गराउछ?




 निमोनिया धेरै जसो शुस्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगस(ढुशी) हरु ले गराउदछन् l
 उमेर तथा अन्य  शारीरिक वा स्वास्थ्य अबस्थ्या हरुले गर्दा यी विभिन्न कारक सुष्म किटहरु को संक्रमणलाइ प्रभाव पार्दछ l जस्तो कि समुदाय मा हुने निमोनिया मा ३ हप्ता को उमेर देखि ४ बर्ष को उमेर सम्म का बालबालिका हरुमा  स्ट्रेप्टोकोकस निमोनिया ( Strreptococcus Pneumonia or Pneumococcus नामक ब्याक्टेरीया को संक्रमण बढी हुन्छ 

त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया( Mycoplasma Pneumoniae) र क्लामाइडीया (Chlamydia) भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा,(Hemophilus Influenzae) ग्रुप ए स्ट्रेप्टोकोकस (Group A Streptococcus) र इस्टाफाइलोकोकस (Staphyloccous) ले निमोनिया गराउदछन एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी ( Pneumocystis Jirovicy), साल्मोनेला( Salmonella), ई कोलाई ( E. Coli) तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउदछन ।

 हेमोफिलसको खोप नियमित खोपमा समाबेश भए पछि यसबाट हुने संक्रमणमा ज्यादै कमि आएको छ ।

 लक्ष्यण वा चिन्ह हरु 

भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनु भन्दा केहि समय अगाडी देखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ ।

मुख्यत रुघा खोकी ज्वोरो आउने सास फेर्न गारो हुने छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वोरो आउने वा काम ज्वोरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाति दुख्ने बढी हुन्छ ।

कहिले काहिँ पेट मात्र दुखेर पनि बच्चाहरु अस्पताल पुग्छन ।निमोनिया भएका बिरामीहरुलाई डाक्टरले जाँच्दा छातीमा विभिन्न प्रकारका आवाजहरु सुन्न सक्छन जसले गर्दा निमोनिया पत्ता लगाउन सजिलो हुन्छ । आवश्यक ठानेमा एक्सरे वा अन्य टेस्टहरु गर्न पर्न सक्छ ।

  जटिलताहरु

बेलैमा राम्रो उपचार पाउन सकिएन वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुनसक्छ । छातीमा पिप जम्मा भएर इम्पईमा भन्ने अवस्था हुन सक्छ भने कैले काहिँ हावा चुहेर निमोथोरक्स हुन सक्छ ।मुटु फेल हुने वा संक्रमण अरु अंगहरुमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलदा ज्यान सम्म जाने जोखिम रहन्छ ।

उपचार

 बच्चाको उमेर वा अन्य अवस्था र लक्षण अनुसार विभिन्न एन्टीबायोटिक्सहरु मुखबाट खाएर वा सुईको मध्यमद्वारा दिएर निमोनियाको उपचार गर्न सकिन्छ ।विश्व स्वास्थ्य संगठन का अनुसार सन् २०१५ मा मात्रै निमोनियाको उपचारका लागि ६६ वटा देशमा १०९ मिलियन डलर अर्थात करीब १२ अर्व नेपाली रुपैयाँको एन्टीबायोटिक प्रयोग भएको थियो


बचाबट
बालबालिकाहरुलाई पूर्ण स्तनपान गरेर  राम्रो पोषण र  हात राम्ररी धोएर वा सरसफाई मा बिशेष मा ध्यान दिएर निमोनिया बाट बचाउन सकिन्छ बालबालिकाहरुलाई आमाको दुध राम्ररी खुवाएर उनीहरुको रोगसंग लडने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाईले पनि रोग लाग्नबाट बचाउछ ।

बायु प्रदूषण बिशेष गरि घर भित्रको बायु प्रदुषण धुुम्रपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ l
  खोपहरु जस्तै नियमित वा सरकारले निशुल्क उपलब्ध गराएका खोपहरु पूर्ण रुपले लगाउने गर्नाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ ।   बिगत केहि वर्देषा खि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनिया बिरुद्धको खोप पिसिभि १० सुरु गरिसकेको छ  जुन ६ हप्ता मा १० हप्तामार ९ महिना मा दिईन्छ l

  अवस्था अनुसार अन्य  खोपहरु जस्तै  रुघा  बिरुद्धको वा Flu  बिरुद्धका खोपहरु जसलाई किन्नुपर्छ लगाउन सकिन्छ  जसले मुटुको रोग भएका वा अन्य अवस्था हरु मा श्वासप्रणालीका संक्रमंण कम गर्न सहयोग गर्दछ। अबस्थ्या अनुसार बचाबटका लागि एन्टीबयोटिक्स पनि दिन सकिन्छ जस्तै एचआइभी भएको अवस्थामा वा फियो को अपरेसन भएको अवस्था मा दिईने एन्टीवायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ.


  आज नोवेम्वर १२ अर्थात् दशौ विश्व निमोनिया दिवस २०१९ (Let’s work together to save children from Pneumonia on this 10th world Pneumonia day) निमोनिया अकालमै बालबालिकाहरुको ज्यान लिने प्रमुख सरुवारोग हो प्रतिवर्ष संसार भरि ८००,००० भन्दा बढी बाल बालिकाको निमोनिया ले मृत्यु हुने गर्दछ । निमोनियाका कारण ले हुने मृत्युदर बिस्तारै घट्दै छ l सन् २०३० सम्मको दिगो बिकासको महत्वाकांक्षि लक्ष्य अन्तर्गत बचाउन सकिने मृत्युलाइ शुन्यमा घटाउने लक्ष्य प्राप्त गर्न अझै धेरै कोशिश आबश्यक छ ।

 यस पटकको विश्व निमोनिया दिबस को नारा “Championing the fight against pneumonia” रहेको छ I पूर्ण स्तनपान, राम्रो पोषण, सरसफाई र खोपबाट निमोनियाबाट बचाउन सकिन्छ बालबालिकाहरुलाई निमोनियाबाट बचाउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुको झनै ठुलो प्रयासको आबश्यकता छ l