Saturday, April 27, 2024

 Nepal's Health sector progress, opportunities and challenges and more in this you tube link 

https://www.youtube.com/channel/UC1A8sNBmGI_g53uvNdSCvyA

Tuesday, January 21, 2020

https://www.nepalihealth.com/2020/01/22/44955/

कोरोना भाइसरसंग जोगिन यसरी सतर्कता अपनाउँ

301Shares
- नेपाली हेल्थ
– डा. कृष्ण पौडेल, प्रमुख कन्सल्टेन्ट पेडियाट्रीसियन
कोरोना भाईरस; पछिल्लो तीन साता यता स्वास्थ्य क्षेत्रमा सम्भवत: सबैभन्दा बढी सुनिएको नाम हो ।
सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो ।
त्यस यताको तीन सातामा ६ जनाको ज्यान गईसकेको छ । अहिलेसम्म झण्डै ३०० जनामा यसको संक्रमण देखिएको छ ।
११ करोड जनसंख्या भएको वुहान शहर बाहेक चीनको बेइजिङ, सांघाई तथा छिमेकी ताइवानमा समेत यसको संक्रमण देखा परेको छ । यस्तै दक्षिण कोरिया, जापान, र थाइल्याण्डमा समेत देखा परेको भनिएको यो भाईरस अब अमेरिकामा समेत देखा परेको सीडीसीले जनाएको छ । ती सबै चीनबाट त्यहाँ पुगेका हुन् भन्ने पुष्टीसमेत भईसकेको छ ।
वुहान शहरमा त उपचारमा सहभागी कम्तीमा १५ जना स्वास्थ्यकर्मीहरुलाई समेत यसको संक्रमण देखापरेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ । स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ ।स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।
तर जे होस्, छिमेकी देश चीनको नयाँ बर्ष र नेपालले भ्रमण बर्षको शुरुवात गर्दै गर्दा यो रोगबारे परामर्स लिएर सतर्क रहन हाम्रो पनि जरुरी छ ।
खासमा के हो त कोरोना भाईरस ?

पहिलको अन्य कोरोना भाइरसका इपिडेमिक, जस्तै : SARS( Severe Acute Respiratory Syndrome र २०१२ को MERS (Middle East Respiratory Syndrome) ले झैँ  यसपटक सारा विश्वको ध्यान कोरोना भाइरसले खिचेको छ ।
Novel coronavirus (2019-nCoV) नाम दिइएको यो नयाँ कोरोनाभाइरस, एक रहस्यमय,  एक्कासी सास फेर्न गारो गराउन सक्ने SARS जस्तै गरि चिनियाँ शहर वुहानमा पहिलोपटक देखिएको  थियो  ।
चिनियाँ अधिकारीहरुले ३१ डिसेम्बर २०१९ का दिन ११ करोड जनसंख्या भएको शहर वुहानमा  नयाँ कोरोना भाइरसको संक्रमण देखिएको  विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएका थिए ।
यो प्रकोप पहिलेको अज्ञात प्रकारको कोरोनाभाइरसको कारण भएको हो । यसको संक्रमण सुरुमा सामान्य रुघा खोकी, ज्वरो, घाँटी दुख्ने,टाउको दुख्ने देखि पछि सास फेर्न गाह्रो हुने र श्वास प्रश्वास प्रणालीलाई नै फेलियर गराउने जस्तो गम्भीर अवस्थासम्म पुरयाउन सक्रिय देखिन्छ । जसबाट मानिसको ज्यानै समेत जान थालेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार जनवरी ११ मा पहिलो व्यक्तिको यसको भाइरसका कारण कारण मृत्यु भएको थियो
चीन पछि यो भाइरस पहिले देखिएको थाइल्याण्डमा हो । एक जना थाई महिला जो चीनको वुहानबाट केही दिन अघि मात्रै थाइल्याण्ड फर्केकी थिइन ।
यस्तै जापान र दक्षिण कोरियामा पनि फाट्टफुट्ट केशहरु देखिन थालेका छन् ।
कोरोना भाइरसका धेरै प्रकारहरु जनावरमा हुन्छन् । त्यसैले शुरुमा संक्रमित जनावरबाट मानवमा सरेको आशंका गरिएको थियो तर अहिले यो भाइरस मानबबाट मानवमा सर्ने पुष्टि भईसकेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुका अनुसार बिरामीले हाच्छ्यु गर्दा, सिंगानबाट वा खकारबाट यो भाइरस एक अर्को व्यक्तिमा सर्न सक्छ ।
लक्षणहरु के के हुन्छन् ? 
अन्य भाइरस जस्तै कोरोना भाइरसको संक्रमण पनि शुरुमा रुघा खोकी सर्दी लाग्ने सामान्य ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने र रोगले च्याप्दै जाँदा सास फेर्न गाह्रो हुने तथा अन्तिममा स्वास्थ्य प्रश्वास प्रणाली नै फेलिय गराउने अवस्थामा सम्मको जटिलता ल्याउनसक्छ ।
त्यसैले मासु वा जनाबरसंग वा संक्रमित बिरामीसंग काम गर्नु पर्नेहरुमा उच्च जोखिम देखिएकोले प्रयाप्त होसियारी अपनाउनु पर्ने हुन्छ । यस्तै गर्भवती महिलाहरुमा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
सतर्कता कसरी अपनाउने ? 
बचावटका लागि मासु वा मासुजन्य पदार्थ राम्ररी पकारमात्र खाने, हात धुने तथा रुघा तथा सर्दी लागेका विरामीबाट टाडा बस्ने लगायतका उपाय अपनाउने ।
यस्तै रोगको गम्भीरतालाई ध्यान दिएर अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुहरुको विशेष निगरानी राख्ने वा स्क्रिनिंग गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
उपचार के छ त ?
कोरोना भाइरसको लागि भनेर खासै उपचार केही छैन । बिरामीले बाफ लिने, ज्वरो आएमा साधारण औषधि सिटामोल खाने, आराम गर्ने, ह्युमिडी फिकेसनवाला हावा वा सास फेर्न गारो भएमा अक्सिजन लिने ।
त्यसबाहेक सामान्य रुघा खोकी भन्दा बढी गाह्रो भएमा स्वास्थ्यकर्मीको सल्लाह लिने र आवश्यक परेमा थप उपचारका लागि अस्पतालमा भर्ना समेत हुनुपर्न सक्छ ।

Wednesday, November 13, 2019


हात पैताला तथा मुख मा आउने Hand Foot Mouth Disease बारे केहि जानकारी

__डा. कृष्णप्रसाद पौडेल
प्रमुख कन्सल्टेन्ट बालरोग बिशेषज्ञ
 कान्ति बाल अस्पताल

                     (फोटो: wikimedia commons बाट साभार)




कारक भाइरस

सामान्यतया Entero भाइरसहरु  बिसेश गरि Coxsackie भाइरस A16 तथा Entero भाइरस ७१ को संक्रमणले यो बिरामी देखा पर्दछ. पोलीयो  Echo हरु पनि Entero भाइरस अन्तर्गत पर्दछन.

लक्ष्यणहरु

१०  वर्ष मुनि का बालबालिका हरु र त्यस मा पनि ५ वर्षा भन्दा मुनिका बच्चाहरु मा यो बढी देखिन्छ तर बयास्क हरु मा पनि यो बिमार हुन सक्दछ. बालबालिका हरु मा ज्वोरो आउनु, लोसो हुनु, कम खाना खानु,घाटी तथा सुरु मा रातो बिमिरा बाट सुरु भै पानि भरिएका जस्तो हुनु वा पानी र पिप जस्तो भरेका मुख मा सोर (SORE),अल्सर(ULCER) वा घाउ हरु देखा पर्नु र केहि दिनमा खुट्टा को पैताला तथा हत्केला मा पनि त्यस्तै देखिन्छ कैले काही यो मलद्वार को वरिपरी तथा घुडा तथा कुहिना एबम प्रजनन अंग तिर पनि देखिन सक्छ.
 (माथि तस्बिर मा देखाएको जस्तै बिमिरा हरु आउदछन)
बालबालिका हरु दुखाई को कारण ले झगडा गर्ने रुने वा झिन्झिने हुन सक्छन साथै चिलाए जस्तो पनि गर्न सक्छन.

जटिलता हरु  
साना बच्चा हरु मा मुख वा घाटी को समस्या ले गर्दाकेहि खुवाउन नसकिने वा ननिलिने(निल्न नसक्ने)  हुदा जल बिनियोजन वा Dehydration हुन सक्छ.
कहिले काही  तर धेरै बिरलै मस्तिस्क सम्म पुगेर meningitis वा encephalitis हुन पनि सक्छ.

कसरि सर्छ?

बिरामीको सिगान र्याल खकार तथा सरिरको अन्य झोल पदार्थ बाट साथी फोका को झोल (Blister Fluid) यसर्थ बिरामी बच्चा को संसर्ग मा आउने लाई यो सर्न सक्छ.
यति खेर काठमाडौँ क विभिन्न भाग मा प्राथमिक बिद्यालय जाने उमेरका बालबालिका मा यो समस्या देखिएको छ.

कसरि बच्ने ?

सरसफाई मात्र यसबाट बच्ने उपाय हो बिसेष गरि बिरामी बच्चा को संसर्ग मा आए पछी साबुन पानि ले हात धुने तथा एउतै रुमाल प्रयोग नगर्ने

उपचार तथा ध्यान दिनु पर्ने कुरा

सामान्यतया यो एक हप्ता मा सन्चो हुन्छ.
केहि खुवाउने नसकेको अबस्थामा वा जल्बिनियोजन भएको मा अस्पताल भर्ना पनि गर्न पर्न सक्छ साथै Definite उपचार नभएको ले लक्ष्यण अनुसार ज्वोरो वा दुखाई को कम गर्न Paracetamol तथा आबश्यकता अनुसार मुख भित्र लगाउन analgesic antiseptic जेल  दिन सकिन्छ.
तातो पिरो नुनिलो खुवाउदा पोल्ने हुदा मनतातो वा सेलाएको दुध नरम खाना जस्तै केरा जाउलो नरम वा भिजाएको पाउरोटी वा विस्कुट खुवाउन सजिलो हुन्छ साथै झोलिलो कुरा हरु सुइरो (straw) ले खुवाउन पनि सकिन्छ.
केहि खुवाउन सकिएन पिसाब कम भयो वा अलि लठ्ठीयाएको भएमा अस्पताल वा स्वास्थ्यकर्मी को सल्लाह लिन राम्रो हुन्छ